एनसेलको ‘बिज सधैँ अन’का ग्राहकले ‘लायन्स्गेट प्ले’मा निस्शुल्क फिल्म र सिरिज हेर्न सक्ने

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन’ योजनाका ग्राहकलाई भिडियो स्ट्रिमिङ प्लेटफर्म ‘लायन्स्गेट प्ले’को सेवा उपलब्ध गराउने भएको छ । ‘सधैँ अन’प्रतिको प्रतिबद्धताबमोजिम आफ्ना ‘बिज सधैँ अन’का ग्राहकलाई उच्च गुणस्तरको कन्टेन्ट प्रदान गर्न लायन्स्गेट प्लेसँग सहकार्य गरेको एनसेलले बताएको छ । लायन्स्गेट प्ले लायन्स्गेट इन्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । यस प्लेटफर्ममा फ्रेन्चाइजी, प्रिमियरसहित थुप्रै प्रिमियम कन्टेन्ट उपलब्ध छन् । यस सहकार्यको उद्देश्य बिज सधैँ अनको सदस्यता लिएका ग्राहकलाई बन्डल सेवाका रूपमा विशेष सामग्रीमा पहुँच दिनु भएको कम्पनीको भनाइ छ । ‘बिज सधैँ अन’को सुरुवातपछि यो प्लेटफर्ममा पहुँच लिइसकेका ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेको एनसेलले जनाएको छ । लायन्स्गेट प्ले हाम्रा बिज सधैँ अनका ग्राहकका लागि विशेष अफर हो ।

यसले हाम्रा ग्राहकलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनी लायन्स्गेटका कयौँ कन्टेन्टमा पहुँच दिन्छ, एनसेलका हेड अफ बिजनेश सोलुसन्स रञ्जन शर्माले भने । उनले बिज सधैँ अनका ग्राहकबाट यो प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको बताएका छन् । लायन्स्गेट प्ले एसियाका अध्यक्ष, रोहित जैनले नेपालमा लायन्स्गेट ल्याउन पाएकोमा खुसी व्यक्त गरेका छन् । विश्वस्तरिय स्ट्रिमिङको अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्स्गेट प्ले ल्याउन पाउँदा हामी हर्षित छौँ । देशभरका मनोरञ्जन प्रेमीका लागि मुख्य गन्तव्य बन्ने कुरामा हामी विश्वस्त छौँ । लायन्स्गेट प्लेमा पहुँच पाउन एनसेलका ग्राहकले एष्ट्रिक्स १२३ ह्यास डायल गरेर वा एनसेल एपमा गएर अपग्रेट गर्नसक्ने एनसेलले बताएको छ । लायन्स्गेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिकमार्फत डाउनलोड गर्नसकिने कम्पनीले जनाएको छ । लायन्स्गेट प्लेमा हलिउडका हिट फिल्म, टिभी सोहरु, लायन्स्गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्र, बालबालिका तथा पारिवारिक सामाग्री र विश्वका दर्शकले मन पराउने अन्तर्राष्ट्रिय चलचित्र रहेको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *