भारतको केरलमा खसेको पहिरोमा परि २४ जनाको मृत्यु

काठमांडौ। भारी मनसुनी वर्षाका कारण भारतमा गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै सयौँ भन्दा बढी पहिरोमा फसेको आशंका गरिएको छ ।
भारतको केरला राज्यको वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जका अनुसार अहिलेसम्म २४ जना मृत फेला परेका छन् भने करिब ७० जना घाइते छन् । अत्यावश्यक चिकित्सा औषधिहरू वायनाडका अस्पतालहरूमा पुर्‍याइएको छ । भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिकहरू तैनाथ गरेको जनाएको छ ।

मंगलबार बिहान करिब ३ बजे खसेको पहिरोमा ठूलो संख्यामा मानिसहरू फसेको आशंका छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छन् । उनले घटना प्रति दुखः व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना तथा परिवार जनमा समवेदना प्रकट गरेका छन् ।

केरलामा मङ्लबार थप वर्षाका साथै तीव्र हावाहुरीको पूर्वानुमान गरिएको राज्यको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *