राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साउन ९ गते नै राजीनामा बुझाएका थिए । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले राष्ट्रिय सुरक्षा सल्लाहकार पद नराख्ने मनसाय व्यक्त गरेपछि उनलाई राजदूतको रुपमा अघि सार्ने आश्वासन प्राप्त भएको थियो ।

त्यसको आधारमा बैरागीले साउन ९ गते राजीनामा बुझाएका थिए । तर १९ जना राजदूतको नाम सिफारिस हुँदा उनी परेनन् । तर बैरागीले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । मेरो आफ्नो कारणले राजीनामा दिएको हुँ स्वअध्ययन र अन्य व्यक्तिगत काम गर्ने इच्छाले राजीनामा दिएको हुँ ।

परराष्ट्र सचिव हुँदै मुख्यसचिव बनेका बैरागी तीन महिना पदावधि छँदै २०८० जेठ ३२ मा राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भएका थिए । राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा उनको कार्याकक्ष तय गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *