सहकारी पीडित मुखमा मास्क र कालो टेप लगाएर सडकमा
काठमाण्डौं । सहकारी संस्थाबाट पीडित बनेका बचतकर्ताहरूले काठमाडौंमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेका छन् । सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पीडितहरूले बिहीबार रत्नपार्क आसपासका क्षेत्रमा प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आव्हानमा भएको प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर बिरोध जनाए।
पछिल्लो पटक गत जेठ महिनामा सहकारी पीडितहरूको बचत फिर्ता गर्न आवश्यक कार्य गर्ने सहमति सरकारले गरेको थियो । समस्या समाधानमा सरकार संवेदनशील नभएको उनीहरुको आरोप छ । उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो बचतको सुरक्षा खोइ रु लगायतका नारा लगाइ मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।