सगुन साकोसद्वारा रजत वर्षको उपलक्ष्यमा हाजिरी जवाफ प्रतियोगिता
सर्लाही । सगुन बचत तथा ऋण सहकारी संस्थाले २५ औं गौरवमय बर्ष (रजत जयन्ति)को अवसरमा हाजिरी जबाफ प्रतियोगिता गरेको छ । रजत जयन्ति बर्ष भरी २५ वटा सामाजिक क्रियाकलाप गर्ने संस्थाको निर्णय बमोजिम माध्यमिक तह ९९–१२० स्तरिय हाजिरी जवाफ प्रतियोगितामा सर्लाहीका १५ विद्यालयहरुको सहभागितामा रहेको थियो ।
प्रतियोगितामा विद्यार्थीहरुलाई तिनवटा राउन्डमा प्रतिस्पर्धा गराइएको थियो । संचालक, लेखा समिति सदस्यहरुको सक्रिय सहभागितामा संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रमा उपाध्यक्ष तारादेवी सुवेदीले उपस्थित सम्पुर्णमा स्वागत मन्तब्य राखेकी थिइन् । शिक्षक पुष्पराज श्रेष्ठले सहजिकरण गरेको दोस्रो सत्रमा पहिलो राउन्ड जेनरल राउन्ड (सगुन सहकारी र सहकारी क्षेत्र)को बारेमा ज्ञान, दोस्रो राउन्ड विषयगत राउन्ड (भुगोल, ईतिहास, आईक्यू, सुचना प्रविधि, समसामयिम ज्ञान), तेस्रो राउण्ड र्यापिड फायर राउन्ड गरी प्रतिस्पर्धा गराईएको थियो ।
प्रतियोगितमा श्री महादेव जनता मा.वि हरिवनबाट सहभागि बिभु भट्टराई र दृष्टि दास तत्माको समुहले प्रथम स्थान हासिल गरे भने भएको प्रतिस्पर्धामा ज्ञानोदय सेकेन्डरी स्कुल बयलबासबाट सहभागी श्री अरमान मिकरानी र सुस्मिता कुशवाहको समुह द्वीतिय भयो । सर्लाही एम्विसन एकेडेमीबाट सहभागि सरोज जिम्बा र स्वयता भण्डारीको समुह तृतीय भयो भने श्री जानकी मा.वि लालबन्दीबाट सहभागी पुरुषोत्तम कुमार कुशवाह र रिया खड्काको समुहले सान्त्वना स्थान हासिल गरेको थियो । प्रमाणपत्रसहित प्रथम हुने विद्यालयलाइ रु। ६ हजार ६६६, दोश्रोले ५ हजार ३३३, तेश्रोले ४ हजार र सान्त्वना पुरस्कार २ हजार ६६६ रूपैया सो अवसर प्रदान गरिएको थियो ।