कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ११ वटा एजेन्डा प्रस्तुत

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी कार्यालय सानेपामा भएको बैठकमा ११ वटा एजेन्डा प्रस्तुत गरिएको छ । बैठकले महासमिति बैठकमा पेस भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने एजेन्डा रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । त्यस्तै, राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा भएको सहमति अनुमोदन र भ्रातृ संगठनहरुको अधिवेशनको सन्दर्भमा निर्देशक समिति बनाउने एजेन्डा रहेको उनले बताए ।

बैठकले कार्यसम्पादन गरेका निर्णयहरूलाई भने अनुमोदन गरेको प्रवक्ता महतले जानकारी दिए । अन्य एजेन्डाहरूमा भ्रातृ संगठनहरूको अधिवेशनको सन्दर्भमा निर्देशक समिति बनाउने, १०० दिने सांगठनिक अभियान सञ्चालन गर्ने, पार्टीका विभिन्न वडादेखि माथिल्लो तहमा रिक्त स्थानका विधानतः पदपूर्ति गर्ने लगायतका विषयमा पनि केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *