हिमालयन रिइन्स्योरेन्सको रेटिङमा स्तरोन्नति

काठमाण्डौं । हिमालयन रिइन्स्योरेन्सको इक्रा नेपालले कम्पनीको रेटिङमा स्तरोन्नति गरेको छ । इक्रा नेपालले यसअघि उक्त कम्पनीलाई इक्रा आईआर ए माइनस रेटिङ प्रदान गरेको थियो । उक्त कम्पनीले अहिले भने ‘ए’ रेटिङ पाएको छ । कम्पनीको वित्तीय दायित्व तथा समयमै सेवा प्रवाहमा स्तरियता रहेको भन्दै इक्राले रेटिङमा स्तरोन्नति गरिएको बताएको छ ।

निजी क्षेत्रको बहुस्वामित्वमा रहेको उक्त कम्पनीमा ३० प्रतिशत शेयर सर्वसाधारणको स्वामित्वमा बाँकी ७० प्रतिशत संस्थापक समूहको छ । २०७८ असारदेखि सञ्चालनमा आएको यो कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको महाराजगञ्जमा अवस्थित छ । बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा आएको हो । यस कम्पनीले बीमा कम्पनीहरुले बहन गर्ने जोखिमको केही अंश बहन गर्ने गर्दछ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *