‘कमेडी किरो राष्ट्रको हिरो’टेलिभिजन कार्यक्रमको लोगो तथा प्रोमो सार्वजनिक
काठमाडौँ । हाँस्य व्यंगमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को घोषणा गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक गरिएको हो ।
कमेडी फर करियर भन्ने नारा सहित ‘कमेडी किरो राष्ट्रको हिरो’ जनता टेलिभिजन,म्युजिक नेपालको युट्युब च्यानल र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रशारणमा आउनेछ ।
देशभरबाट डिजिटल अडिसन मार्फत आएका प्रतियोगी बाट टप २० छान्ने र उनीहरुलाइ १ बर्षको लागि रोजगार दिने उदेश्यले यो शो निर्माण गर्न लागिएको प्रोजेक्ट हेड समन अधिकारीले बताए । मासिक तलवका रुपमा रोजगारी दिई कमिडिनहरुको हौसल्ला बढाउने यो कार्यक्रमको लक्ष्य रहेको समन अधिकारीले जानकारी दिए ।
चार किसिमको वर्गीकरण गरेर कार्यक्रमको फर्म्याट बनाइएको छ र उक्त कार्यक्रमको संचालन कमेडियन दिनेश काफ्लेले गर्नेछन् । कार्यक्रममा सहभागीहरुलाई सन्तोष खनाल, सुदिप खतिवडा,सरोज भण्डारीले प्रशिक्षण दिनेछन् ।
हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’को निर्देशन मोहन अधिकारीले गर्नेछन् ।
जनता टेलिभिजनका कार्यकारी अधिकृत रमेश आचार्य,म्युजिक नेपालको प्रतिनिधि मन्दिरा ढुंगेल लगाएतको उपस्थितिमा लोगो र प्रोमो सार्वजनिक गरिएको थियो ।