सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन ३० गते विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् ।

साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले बुधबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयलाई पत्र पठाएका हुन् । सरकारमा सहभागी भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिनेगरी पत्र पठाएको र प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेका जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *