लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर बलेफी हाइड्रोमा लगानी

काठमाण्डौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा ४६ मेगावाट(मेवा) क्षमताको अपर बलेफी हाइड्रोपावरको लागि लगानी जुटेको छ। कम्पनीको अगुवाईमा सह वित्तीयकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर बीच सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकास्थित बलेफी नदीमा नदी प्रवाहमा आधारित ४६ मेवा क्षमताको अपर बलेफी जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । उक्त कम्पनीले २०७८ साल साउन ३२ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै २०८० साल मंसिर ५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकको रुपमा गोल्यान ग्रूप, एचआर गोयल ग्रूप, सिद्धार्थ ग्रूप र उमेश कसजु छन् । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता गरेका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वर्द्धक,संस्थापकहरुको लगानी रहने छ । उक्त बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ४.०७ अर्ब रुपैयाँ छ भने सह वित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा कृषि विकास बैंकको १.५ अर्ब, नेपाल एसबिआई बैंकको १ अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड लगानी छ ।

सो आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादन भए पश्चात वार्षिक करिब २७४.८९ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठूलो मध्येको स्वतन्त्र उर्जा उत्पादकको रुपमा रहने विश्वास कम्पनीको छ । फेसिलिटी सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनीषराज कुँवर, कृषि विकास बैंकका क्रेडिट व्यवसाय र कोष विभाग प्रमुख सुदिप कुमार दाहाल, नेपाल एसबिआई बैंकका प्रबन्धक प्रभिन भट्टराई, माछापुच्छ्रे बैंकका प्रमुख पूर्वाधार तथा कर्पोरेट ऋण प्रवर्द्धक बिनीतचन्द्र झा र अपर बलेफी हाइड्रोपावर लिमिटेडका निर्देशक सञ्जय कुमार साहले हस्ताक्षर गरेका छन्। उक्त परियोजनामा ८ वटा जलविद्युत परियोजनाहरू छन् भने अपर बलेफी हाइड्रोपावर पनि उक्त परियोजनामा समाबेश छ । त्यस्तैगरि, त्यसमा ६ वटा सौर्य ऊर्जा परियोजनाहरू छन् । सो आयोजनाको कुल लागत ९.४३ अर्ब रुपैयाँ छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *