संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखे पनि कार्यान्वयन गर्न नसकेको : कोइराला
काठमाडौं । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महंगो भएको बताएका छन् । उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखे पनि कार्यान्वयन गर्न नसकेको उल्लेख गरे । उनले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे । शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने बताए । सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ूमलाई केही चिन्ता लागेको छ ।
हामीले संविधानमा बडा सजिलो गरी लेखिदिन सजिलो रहेछ । शिक्षा र स्वास्थ्यलाई निःशुल्क भन्यौँ । एजुकेसन यस्तो महंगो भइसकेको छ, त्यसको प्राइज कसरी घटाउने हो ? अब पढ्नै नजाने अवस्था भइसक्यो । सरकारी क्याम्पसहरूमा पनि विषयअनुसार पैसा छैन भने पढ्नै नसक्ने अवस्था छ । स्वास्थ्यको हेर्दा पनि दिनप्रतिदिन बढ्दो अवस्थामा छ । यसले हुने खानेले मात्रै पढ्ने हो की, नसक्नेले पनि जानसक्ने बनाउनुपर्ने हो त्यतातिर पनि हाम्रो ध्यान जान सक्नुपर्छ । सरकारको ध्यान त्यतातिर हामीले पुर्याउनुपर्छ, । नेता कोइरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताए ।