प्रकाशकीय
हामी २६औं वर्षको यात्रामा
आजबाट सत्याग्रह साप्ताहिक २६औँ वर्षमा प्रवेश गरेको छ । २६ वर्ष देशको सामाजिक इतिहासको हिसाबले धेरै लामो अवधि नहुन सक्छ, तर हाम्रो पत्रकारिता यात्राको पछिल्लो चौथाइ शताब्दी पुर्णरूपमा पार गर्दागर्दै हामीले निश्चित रूपमा धेरै लामो यात्रा गरेका छौँ । हाम्रो यात्राको छोटो अवधिमा ठुला, ठुला राजनैतिक परिवर्तनहरूबाट गुज्रिएको नेपाली समाजको सङ्क्रमणका प्रमुख साक्षीको रूपमा रहेर हामीले हाम्रो यात्रामा देखाएको विश्वास र तपाईँहरूले हामीलाई देखाउनुभएको स्नेहले हामीलाई निरन्तरतामा रहने जगको रूपमा काम गरेको छ । हामीले यो २६ बर्से लामो यात्रामा अनेकौँ उतारचढाव बेहोर्नु परेको अनगिन्ती सम्झना अझै ताजै छन् । जस्तोसुकै खराब परिस्थितिमा पनि हामी अडिग भएर अगाडि बढ्न सक्यौ । आर्थिक रूपमा निरन्तर २६ वर्षसम्म साप्ताहिक पत्रिका प्रकाशन गर्न सक्नु हाम्रो परिश्रमले नै ठुलो भूमिका खेलेको कुराको अवगत गर्न पाउँदा हामी गौरवान्वित छौँ । पीत पत्रकारिता गरेर, कसैलाई डर त्रास देखाएर, धम्की देखाएर पैसा असुल्ने काम हामीले कदापि कहिल्यै गरेनौँ । सत्याग्रह साप्ताहिकका प्रकाशक सूचना प्रविधि क्षेत्रमा २०४४ सालदेखि लागेर ३५ वर्षसम्म निरन्तर रूपमा काम गरेको स्वच्छ कमाइका धेरै अंश यसमा लगानी गरियो । अरू जस्तो तेस्रो श्रेणीमा झरेर पीत पत्रकारिता गरेर अर्थको उपार्जन गर्ने प्रवृत्तिबाट हामी सधैँ टाढै बसेर आफूलाई घटिया साबित हुन दिइएनौ र भविष्यमा पनि त्यो रूपमा हाम्रो यात्रा कदापि हुनेछैन भनेर प्रतिज्ञा पनि गर्दछौँ । जे जति समयसम्म हामी सत्याग्रह साप्ताहिकमा रहेर पत्रकारिता गर्छौँ हामी हाम्रो इमान, ईज्जत् र प्रतिष्ठालाई शिरमा राखेर गछौँ । यो हाम्रो प्रण पनि हो ।
सत्याग्रह साप्ताहिकको स्थापना कालदेखि नै राज्यले हामी प्रति कुदृष्टि राखेर व्यवहार गरेको अनुभव आज २६ वर्ष पार गरी सक्दाका दिनसम्म पनि कायम छ । राज्यको त्यो सौतेनी व्यवहारमा कुनै कमी आएको छैन भनेर हामी ठोकुवासाथ भन्न सक्छौँ । प्रेस काउन्सिलले अस्ति मात्र आ.वा. २०७८/०७९ को
वर्गीकरण गरेका क वर्गमा परेका ९९% प्रतिशत पत्रीका झोलाबाट सञ्चालित छन् । न कुनै अफिस छ, नत ठेगाना ।
सत्याग्रह साप्ताहिकको अफिस अनामनगरमा भिजिट गर्नु, महिनाको कति भाडा तिरेर पुरै फ्ल्याटमा अफिस सञ्चालन गरिरहेको छ, कति मान्छेले रोजगारी पाएका छन् अवश्य थाहा पाउनु हुनेछ । अनि सत्याग्रह साप्ताहिक प्रत्येक बिहीबार प्रकाशित भएर भूगोल पार्कमा डिस्टृबुउटर यज्ञ न्यौपानेले कति प्रति नियमित पत्रीका पसलहरूलाई वितरण गर्दछ त्यो पनि बुझ्न हामी चुनौती दिन्छौँ । प्रेस काउन्सिलले एउटा स्वतन्त्र निकायबाट बुझ्ने काम गरोस् भन्ने आग्रह छ । हामी च्यालेन्जका साथ भन्न सक्छौ हामी कुन वर्गमा पर्छौँ भनेर अनि थाहा पाउनेछौँ । हामीलाई सम्परीक्षण गर्दा सत्याग्रह साप्ताहिक पत्रीकाको वर्गीकरण प्रति सुरुआत देखिनै कुदृष्टि राखेर व्यवहार गरेको कार्य विरुद्ध घोर आपत्ति व्यक्त गर्दछौ ।
आजको दिनको अवसरमा हामी हाम्रा पाठक, शुभेच्छुक, लेखक र विज्ञापनदाताहरूको सहयोगका कारण सत्याग्रह साप्ताहिकले २६औँ वार्षिकोत्सव अङ्क प्रकाशन गर्ने सुवर्ण अवसर प्राप्त भएको हो भन्ने कुरा हामी हृदयदेखि नै आत्मसात् गर्दछौँ र भविष्यमा पनि हाम्रा मान्यतामा सधैँ अडिग रहने छ । सत्याग्रहलाई माया गर्ने सबैमा हृदयदेखि आभार व्यक्त गर्न चाहन्छौँ ।