आँबुखैरेनीको ऐना पहरास्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस ख स्यो

काठमाडौं । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडकखण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरास्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ ।

बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगिसकेको खबर आएको छ ।

युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *