एनआईसी एशिया बैंकलाई इमर्जिङ एशिया बैंकिङ अवार्ड

काठमाण्डौं । एनआईसी एशिया बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड २०२३ अन्तर्गत बेस्ट ईन डिजिटल बैंकिङ क्याटोगोरीमा अवार्ड पाएको छ । इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा कम्पनीले उक्त अवार्ड पाएको हो ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको सन्दर्भमा प्राप्त उक्त पुरस्कारले डजिटल बैंकिङमा अझ बढी उत्पे्ररणा प्रदान गरेको कम्पनीले बताएको छ । अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो । उक्त अवसरमा भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकको प्रतिस्पर्धा थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *