विराटनगरमा राधाकृष्ण रथयात्रा
काठमाडौं । विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ । रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ सुरु हुनेछ ।
यहाँ हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने गरिएको छ । १९८८ सालमा ‘खट’ यात्राबाट यो उत्सव आरम्भ भएको थियो । २०२५ सालदेखि खटसँगै रथयात्रा निकालिँदै आएको छ । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निकालिने राधाकृष्णको युगल जोडीसहितको रथले विराटनगर बजार क्षेत्रको करिब आठ किलोमिटर यात्रा गर्नेछ ।
रथयात्रालाई लक्ष्य गरी उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरीले जनाएको छ । साथै आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।