श्वेतपत्र जारी गर्न सहकारी संघसंस्थालाई विभागको निर्देशन
काठमाण्डौं । सहकारी विभागले सबै सहकारी संघसंस्थाहरुलाई श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ । सबै सहकारी सघसंस्थाहरुले अनिवार्य रुपमा विभागले उपलब्ध गराएको ढाँचा बमोजिम श्वेतपत्र तयार गरी आफ्ना सबै सदस्यहरु समक्ष सहज रुपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमवाट सार्वजनिक गर्न भनेको हो ।
सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्न गठित ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८०’ ले दिएको सुझाव दिएको र विगत वर्षदेखि नै सहकारी संघसंस्थाहरुले श्वेत पत्र जारी गर्ने गरेको विभागले जनाएको छ । श्वेतपत्रले सदस्यहरुको विश्वास र पारदर्शिताको माध्यमवाट मात्र सहकारी संस्थाको प्रभावकारीता र दिगोपना कायम रहने तथा नियामक निकायले माग गरेको बखत उपलब्ध हुने गरी व्यवस्था गर्न गराउन सहकारी नियमावली, २०७५ को नियम ७६–१झ बमोजिम विभागले निर्देशन जारी गरेको जनाएको छ।