छानबिन समितिका प्रतिवेदन समीक्षा गर्नुपर्छ : मन्त्री पाण्डे
काठमाडौं । हवाई सुरक्षासम्बन्धी दुईदिने कार्यशाला गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटनापछि बनाइएका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्यपरक भए,नभएको समीक्षा गरिनुपर्ने बताएका छन् । छानबिन समिति बन्ने गरेका छन् ।
बनेका छानबिन समिति कत्तिको सत्यतथ्यमा आधारित छन्, त्यसको समीक्षा गर्ने बेला भएको छ, उनले भने, यदि, दिएका प्रतिवेदन तथ्यपरक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन ? त्यसबारे सोच्नुपर्ने बेला आएको उनले उल्लेख गरे । उनले आन्तरिक हवाई यात्रुमा समेत उड्डयन क्षेत्रप्रतिको विश्वासमा क्षयीकरण भएको बताए । यसबारे सरोकारवाला निकाय गम्भीर र सचेत बन्नुपर्नेमा उनले जोड दिए ।