पतनको दिशातर्फ अग्रसर पाइला रोकौँ ।

गत सोमबार टुँडिखेलमा प्रधानमन्त्री खड्गप्रसाद ओलीमाथि गरिएको दुव्यबहार अहिले चर्चामा छ । सामान्यतया यस्ता घटनालाई निहित राजनीतिक स्वार्थसँग जोडेर हेर्ने हाम्रो परम्परा छ । जे कुरालाई पनि राजनीतिसँग जोडेर हेर्ने र त्यही अनुसार ब्यवहार गर्ने राजनीति र गैरराजनीतिको सम्बन्ध र समन्वयमा गंभीर खालको विचलन पैदा भएको छ । हुन त लोकतन्त्रमा शासकहरु भ्रष्ट हुँदा। स्वच्छाचारी हुँदा नागरिक तहमा असन्तोष र आक्रोश पैदा हुनु स्वभाविक मानिन्छ । त्यसलाई विद्रोहको झिल्कोको रुपमा प्रयोग गर्नेको कमी पनि रहदैन । तर तीज पर्बमा पशुपतिनाथमा आक्रमण गर्ने, गाइजात्रामा नारा वाजी आगर्ने, गौरापर्वमा आयोजित कार्यक्रममा नियोजित रुपमा हुल्लङवाजी गर्ने कामलाई किमार्थ उचित भन्न सकिदैन ।

गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री विरुद्धको राजनीतिप्रेरित नारावाजी अशोभनीय व्यवहार हो । राजनीतिमा जे पनि जायज ठहर्याउने प्रचलन हाम्रो नेताहरुले नै चलाएका हुन । अहिलेको नेतृत्व पुस्ता आफैँ राजनीतिक संस्कारहिन छ । राजनीति विग्रेपछि सम्पुर्ण क्षेत्र तहसनहस हुन्छ भन्ने बुझ्न नसक्दा हाम्रो देश अहिले विघटनको दिशामा लागेको छ । राजनीतिक संस्कृतिलाई नबुझ्दा र हाम्रा राजनीतिक दलहरुले त्यसलाई वेवास्ता गर्दा आज पूजा,जात्रा,विवाहउत्सव,साँस्कृतिक कार्यक्रम जहाँपनि राजनीतिक इगो साँध्ने काम हुने गरेको छ । पशुपतिमा हुने महायज्ञमा शक्तिको प्रदर्शन र गैरधार्मिक कार्यको परम्परा कसरी प्रारम्भ भयो ? हाम्रा मन्त्री,नेता,कर्मचारी सबैलाई मर्यादाको ख्याल छैन । यहाँसम्म कि न्यायधिशहरु नै खुलेयाम झगडियाहरुसँग सम्बन्ध राख्छन् । आफ्नो पद, जिम्मेवारी र हैसियतको ख्याल राख्ने र तदनुरुप ब्यवहार गर्नेलाई कमजोरको रुपमा मुल्याङकन गरिने गर्दा सदाचार,नैतिकता, आदर्श र मुल्यमान्यतामा ह्रास आएको छ । अहिले टुँडिखेलको घटनामा स्टन्टबाज राजनीतिक ब्यापारीको हात छ कि भन्ने आशंका पनि छ । हुन पनि सक्छ,नहुन पनि सक्छ । तर भरखरै सत्ताच्युत भएको विपक्षीलाई त्यस्तो काम गर्दैन भनेर पत्याउन सक्ने आधार चाँहि छैन । प्रमुख विपक्षी दलका नेता जे पनि गर्न तयार छु भनिरहेका छन् । त्यो जे पनि भनेको अपरिभाषित शब्द हो ।

त्यसमा उनको हात नभए पनि उनीमाथी दोष लाग्ने सम्भावना चाँहि छ । दुई दर्जन जति भाउन्का हुल्लङबाजले लगाएको नाराले एमाले भित्रको आन्तरिक द्दुन्द्द र काठमाण्डौँका उदाउ नगर प्रमुखप्रति शंकाको सुई मोडिएको छ । यसमा कसैको हात भए पनि नभए पनि त्यो घटना स्व्स्र्फुत भएपनि नियोजित भए पनि त्यसले संकेत गरेको दिशा भने गलत छ । त्यस दिशा तर्फको हाम्रो यात्राले हामीलाई भड्खारोमा हाल्ने निश्चित छ । यस्ता घटनाबाट खुशी हुने, खुच्चिङ भन्ने र काखी बजाउनहरुलाई यो बुढी मरेको होइन काल पल्केको हो भन्ने ज्ञान हुन जरुरी छ । यसलाई बल प्रयोग गरेर दखाउने ,दमन गरेर सिध्याउने होइन राजनीतिक दल, नेता एवं सम्पुण सामाजिक कार्यकर्ताहरुले आफुलाई सच्चाउने तर्फ ध्यान दिनुपर्यो। समय रहदै हामीले आफुलाई सच्चाएनौँ र श्रीलंका , वंगलादेशको डिङ हाकेर मनोरञ्जन दिने तिर सोचेयौँ भने हाम्रो सर्वनाश निश्चित छ । लोकतान्त्रिक मान्यता अनुसार पनि त्यस्तो हुल्लडवाजी उपयुक्त आचरण होइन हाम्रो नेपाली समाजको परम्परागत सौन्दर्य तु सदभाव समझदारी, हार्दिकता, मेलमिलाप र विश्वासमा नै निहित छ । तर त्यस्ता घटनाले त्यो अभिष्ट पुरा गर्दैन । अब जसको स्वार्थ र निर्देशनमा भएको भएपनि त्यस्ता घटना घटाउनु गलत हो भन्ने महशुस गर्नु पर्यो । र, घटनामा सम्लग्न हुनेहरुलाई प्रशासनिक वल प्रयोग , कानुनी कारबाही भन्दा तिनलाई सत्यबोध गराउने र आगामी दिनमा त्यस्ता घटनामा सम्लग्न नहुने र हुन खोज्नेलाई रोक्न तिर लाग्न प्रेरित गर्ने वातावरण निर्माण गर्नुपर्छ । कला, संस्कृति, साहित्य, चाडवाड , रितिथिती सबैलाई दलीय स्वार्थको हतियार बनाउन तिर नलागौँ , त्यस्तो दुस्कर्मले हामीलाई पतनको मार्गतर्फ धकेल्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *