सानिमा म्युचुअल फण्डका ३ योजनाको लाभांश घोषणा
काठमाण्डौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका तीन वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डका सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डले लाभांश घोषणा गरेका हुन् ।
योजना व्यवस्थापक सानिमा क्यापिटलको गत भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले ती म्युचुअल फण्डका इकाईधनीलाई आर्थिक २०८०।८१ का लागि लाभांश घोषणा गरेको हो । बैठकले सानिमा इक्विटी फण्डको १५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको १० प्रतिशत र सानिमा ग्रोथ फण्डको १० प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ । ती सबै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् ।