वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको मुख्य प्रायोजक

काठमाण्डौं । वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को मुख्य प्रायोजक बन्ने भएको छ । ईडब्लूभीएलले आफ्नो पहिलो संस्करणका लागि मुख्य प्रायोजकको रूपमा वात्सल्य नेचुरल आईभीएफलाई छनोट गरेको हो । ईडब्लूभीएल लिग र वात्सल्य नेचुरल आईभीएफले महिलाहरूको शक्ति र साहसलाई सम्मान गर्ने योजना बनाएका छन् । वात्सल्य नेचुरल आईभीएफले महिला सशक्तीकरणका लागि सधैँ अभियान चलाउँदै आएको छ । एभरेस्ट महिला भलिबल लिगको भनाइ छ, हामी आफ्नो पहिलो संस्करणका लागि शीर्ष प्रायोजकको रूपमा वात्सल्य नेचुरल आईभीएफलाई स्वागत गर्न पाउँदा रोमाञ्चित छौँ । यो साझेदारीले महिलाहरूको उपलब्धिलाई मान्यता दिने र जीवनका सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्न स्वतन्त्रता दिने समाज निर्माण गर्ने हाम्रो साझा दृष्टिकोणलाई उजागर गर्दछ ।

हाम्रा छवटा फ्रेन्चाइजहरूसँग मिलेर हामी यो लिगलाई परिवर्तनका लागि सशक्त माध्यम बनाउने अठोट गरेका छौँ । त्यस्तै, वात्सल्य नेचुरल आईभीएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले भने, हामीले निर्णय गर्‍यौँ कि यदि हामीले सामाजिकस्तरमा महिला पहिचान स्थापित गर्न सकेनौँ भने न त महिला र न त पुरुषले सचेतता प्राप्त गर्नेछन् । त्यसैले, जहाँ महिला उन्नति गर्न सक्छन्, त्यहाँ हामी उपस्थित हुने र लगानी गर्ने प्रतिबद्धता गर्‍यौँ । आठ वर्षदेखि, वात्सल्यले विशेष गरी ग्रामीण क्षेत्रमा बाँझोपनसम्बन्धी धारणा परिवर्तन गर्न प्रयासरत छ । हामीले हाम्रो व्यवसायसँगै प्रत्येक महिलाको आमा बन्ने अधिकारलाई सधैँ प्राथमिकता दिएका छौँ । एभरेस्ट महिला भलिबल लिगसँगको हाम्रो सहकार्यमार्फत हामी सबै प्लेटफर्महरूमा महिलाहरूलाई प्रोत्साहित र सशक्त पार्न चाहन्छौँ र यो महिला खेलकुदमा हाम्रो यात्राको सुरुवात मात्र हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *