नेपालि काङ्ग्रेसकाभक्तपुर क्षेत्रनं २ का पूर्वप्रतिनिधि सभासद रामेश्वर ढुङगेल(पानि बाजे) ।(पहिलो भाग)
जिल्ला पर्यो भक्तपुर
कटुञ्जे हो गाउँ
थर उनको ढुङगेल
रामेश्वर नाउं ।।१
गाउंमा उनको राजनिति
काङ्ग्रेस आधार
चलाई रहे ईमान
सधैं साभार ।२
गाउँका सेवा गर्नलाई
बसे दुईपटक
दोधारमा रहेनन्
बने अकनटक ।३
धेय त उनको ठुलो सोच
जनै रिझाउने
मनमा लिन्थे पिरलो
नहोउन बिझाउने ।।४
पिरत उनि मन पर्दथ्यो
पानिको सधैं हाहाकर
जनतालाई भन्थे उनले
पार्छु साकार।५
सत्यता बोल्दै सबैमा
रिषराग थिएन
माया ममता अटुट
अरु लिएन ।।६
गाउंमा छोडि जिल्लाका
संसद बनेका
जनताकालागि मरेर पनि
सपार्छु भनेका ।७
गरेनि काम उनले
धेय राखेर
स्वस्थ पानि खुवाए
हृदय भाकेर ।८
रह्यो नाम ढुङगेलको
पानी बाजे भन्थे
हृदयले सोच बिचार
गरि माया गन्थे ।९
धर्म पत्नि गुमाए
पिडा लुकाए
अन्तिम बिधाई चरणमा
शिर झुकाए।१०
उनका दिलले के सोच्यो
साथ गुमाउदा
खानपानमा बिगारे
पत्नि नहुंदा ।११
सांसद भई के गर्नु
पीडा सबको उस्तै हो
हांस खेल भएनि
ज्यान घट्दैगो ।११
नेपाली काङ्गेस पार्टिमा
पानि बाजे रहेनन
जनताको मायावाट
टाढा भएनन् ।।१३
उनके मृत्यु सुनेर
गाउंमा जन रोएका
दिदी बहिनी सन्तति
बिह्वल भएका ।१४