मैले चुनाव जिते कार्यभार सम्हाल्नुअघि नै रुस–युक्रेन युद्ध रोक्छु : ट्रम्प

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध रोक्नसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति पदको उमेदवार रहेका ट्रम्पले उनकी प्रतिद्वन्द्वी कमला ह्यारिससँग स्थानीय समयअनुसार मंगलबार रातिको डिवेटमा यस्तो दाबी गरेका हुन् । ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस–युक्रेनमा युद्ध नै नहुने टिप्पणी गरे । ह्यारिसले भने ट्रम्प राष्ट्रपति भएको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनको राजधानी किभमा बसिरहेको हुनेथिए भन्दै टिप्पणी गरिन् ।

ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचन भएमा रुस र युक्रेनसँग वार्ता गराई कार्यभार सम्हाल्नुअघि नै युद्ध रोक्नसक्ने बताए । उनले युरोपले युक्रेनलाई सहयोग गर्न कम पैसा दिइरहेको र अमेरिकाले मात्रै धेरै पैसा दिनुपर्ने अवस्था जो बाइडेन कमजोर राष्ट्रपति भएका कारण बनेको टिप्पणी गरे । ट्रम्प आफूले नेटोका सदस्य राष्ट्रहरूलाई समानरुपले मद्दत गर्न आग्रह गर्ने बताए । उनले बाइडेन प्रशासनमा सीमा खुकुलो हुँदा कयौं आप्रवासी अवैधरुपले अमेरिका प्रवेश गरेको र देश असुरक्षित बनेको बताए । उनले आफू राष्ट्रपति भएको भए इजरायलको युद्ध पनि हुने थिएन भन्दै बाइडेनको आलोचना गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *