एक्सप्रेस साकोसको १६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न
काठमाण्डौं । एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईश्वर के.सी. को सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरीवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उपस्थितिमा सदस्यहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै संस्थाले आफ्नो १६ औं बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न गरेको छ । संस्थाका सचिव उद्धव प्रसाद तिमल्सिनाले आ।व। २०८१।०८२ को लक्ष्य सहितको आ.व. २०८०।०८१ को सचिवको प्रतिबेदन र कोषाध्यक्ष प्रेम कुमार लामाले आ.व. २०८१।०८२ को बार्षिक बजेट सहित आ.व. २०८०।०८१ को वित्तिय विवरण र लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा तथा सुपरीवेक्षण समितीका संयोजक पुजन श्रेष्ठले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति ईश्वर के।सी।ले आफ्नो मन्तब्य राख्दै संस्थाप्रति सदस्यहरुले देखाएको विश्वास र सद्भावले गर्दा नै आज एक्सप्रेस साकोस सदस्यहरुको माझमा पहिचान बनाउन सकेको बताए । सदस्यहरुलाईे सहज, सरल र सुरक्षित सेवा दिएर आफ्नो विश्वास कायम गर्न सकेको उनले बताए अध्यक्ष के।सी।ले ऐन–नियम र विनियमको परिधिमा रहि स्तरीय र दिगो संस्था बनाउन लागि परेको जानकारी दिँदै सदस्यहरुलाई केन्द्रमा राखिपूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता उनले जनाए ।
संस्थाको आ.व. ०८०।०८१ को अन्त्यसम्म कुल सम्पत्ति तथा दायित्व २३ करोड ४३ लाख २२ हजार पुगेको छ । संस्थामा शेयर पूँजी करोड ८१ लाख ६२ हजार रहेको छ । पल्र्स रिपोर्ट अनुसार संस्थामा ३१.३९ प्रतिशत तरलता रहेको छ भने संस्थागत पूँजी १०.१७ प्रतिशत पुगेको छ । यस आ।व।मा संस्थाले संचालन मुनाफा ७७ लाख ८३ हजार सफल भएको छ । संस्थाले जगेडा लगायत अन्य कोष हिसावहरुमा आ.व. को अन्यसम्ममा ३ करोड ५०लाख ४८ हजार पुर्याउन सफल भएको छ । संस्थाले आ.व. २०८०।०८१ मा विभिन्न शिर्षक मार्फत राज्यकोषलाई १४ लाख ४५ हजार बराबरको कर योगदान गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले आफ्नो प्रतिबद्धता सहितको मन्तब्य राखेका थिए । वर्तमान समयमा संस्थाले आफ्ना गतिविधिहरु सकारात्मक ढंगबाट परिचालन गर्न सके मात्र समग्र सहकारी अभियान सुदृढ हुन गई संस्था र सदस्य दुवैको सामाजिक, साँस्कृतिक र वित्तीय जीवन सरल, सहज भई बजारमा समेत आर्थिक गतिविधी चलायमान हुने उनको भनाई छ । सकारात्मक सोच आजको आवश्यकता हो भन्दै एक्सप्रेस साकोसले स्थानीय संस्थाको रुपमा आफ्ना सदस्यहरु माझमा कारोबारको दृष्ट्रिकोणले विश्वास र सद्भावको वातावरण सृजना गरि सरल, सहज र सुरक्षित सहकारी संस्थाको रुपमा परिचय बनाउन सदस्यहरुको उल्लेख्य भुमिका रहेकोसंस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले बताए ।