नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा मोरङको कञ्चनबारीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले विराटनगर महानगरपालिका–४ मा बिहीबारदेखि कञ्चनबारी शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा सहित बैंकको शाखा संख्या २७३ पुगेको छ । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।
बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु उपलब्ध हुने बताए ।