रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयमा छलफल हुनेछ । राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट गराउने बैठकको एजेन्डा रहेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

राष्ट्रिय भेलाको प्रस्तावित कार्यतालिकामा छलफल, भेलाको हालसम्मको तयारी प्रस्तुत र छलफल, राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनहरू बैठकमा प्रस्ताव गर्दै आवश्यक छलफल हुने झाले बताए । जिल्ला भेला र जिल्ला समिति गठन गर्ने सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ । विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल हुनेछ । प्रस्तावित नियमावली र कार्यविधिहरूमा पनि छलफल गर्ने एजेन्डा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *