मार्टिना मेकअप स्टुडियोको छैठौं वार्षिकोत्सव सम्पन्न
इटहरी । इटहरीबाट संचालित मार्टिना मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टरले आफ्नो छैठौं वार्षिकोत्सव शनिबार कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
इटहरी उपमहानगरपालिका अगाडि रहेको स्टुडियोसंगै रहेको सभाहलमा आयोजना गरिएको कार्यक्रमको सभापतित्व स्टुडियोकि सञ्चालिका उर्बि श्रेष्ठ रहेकी थिइन् । वार्षिकोत्सवको उद्घाटन प्रमुख अतिथि माननीय मिना श्रेष्ठ, सभाध्यक्ष उर्बि श्रेष्ठ र अन्य सम्माननीय अतिथिहरु द्वारा पानसमा बत्ती बालेर गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा सौन्दर्य कला व्यवसायी संघ इटहरी नगर समिती अध्यक्ष बिजु श्रेष्ठ, नेपालको पहिलो महिला ट्याट्यु आर्टिस्ट सन्ध्या मास्के, चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश सचिव सुवास संकल्प श्रेष्ठ, ओपन स्पेस प्रालीका संचालक सरोज श्रेष्ठ, एल एन्ड सि मोडल एजेन्सीका संचालक दीपक गिरी, लुक्मी कस्मेटिक्स प्राइभेट लिमिटेडका संचालक खगेन्द्र बिमली, नेचर हब इटहरीका पूर्वाञ्चल डिरेक्टर सन्तोष धमलालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको क्रममा वार्षिकोत्सवको केक समेत काटिएको थियो । कार्यक्रम प्रमुख अतिथि मिना श्रेष्ठले आफ्नो मन्तव्य राख्दै मार्टिना मेकअप स्टुडियोले इटहरीको सौन्दर्य क्षेत्रमा एक उदाहरणीय भूमिका खेलेको बताउँदै स्टुडियोको उज्ज्वल भविष्यको कामना गरिन् । उनले महिलाहरूले आर्थिक रूपमा आत्मनिर्भर बन्नु पर्नेमा जोड दिँदै, “महिलाहरू आफैं सक्षम हुनुपर्छ, खर्चका लागि अरूको भर पर्नु हुँदैन,” भनिन् । कार्यक्रममा सहभागी अतिथिहरूले पनि मार्टिना मेकअप स्टुडियो र प्रशिक्षार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना गरे ।