नवकान्तिपुर साकोस २८ वर्षमा प्रवेश

काठमाडौं । बत्तिसपुतलीमा प्रधान कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २८औं वर्षमा प्रवेश गरेको छ । संस्था २०५४ भाद्र २४ गते दर्ता भई असोज ७ गतेबाट सेवा शुभारम्भ गरेको थियो । काठमाडौं, भक्तपुर र ललितपुर कार्यक्षेत्र रहेको यस संस्थाले वित्तीय कारोबारको अतिरिक्त सदस्य केन्द्रित अन्य सेवा प्रवाह गर्दै आएको छ । स्थापना दिवसको अवसरमा संस्थाले हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै आगामी दिनमा प्रदान गर्ने सेवा तथा सुविधामा नविनता प्रदान गर्दै प्रतिफलमुखी सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

चालु आर्थिक वर्षको भाद्र मसान्तसम्म आईपुग्दा ९ हजार ४ सय ६७ जना सेयर सदस्य संस्थामा आवद्ध भएको छ । संस्थाको सेयर पुँजी ९ करोड २६ लाख, जगेडा कोष २० करोड, कुल संस्थागत पुँजी २० करोड ३ लाख, विभिन्न कोष १४ लाख, कुल बचत २ अर्ब १६ करोड ९७ लाख, कुल कर्जा १ अर्ब ३३ करोड ५६ लाख, बैंक तथा नगद मौज्दात ९५ करोड ४२ लाख रहेको छ । संस्थासँग ४३.९८ प्रतिशत (मुद्दती लगानी समेत) रहेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब ६३ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *