नेपालद्धारा चाइनिज ताइपेई ३ १ गोलले पराजित

काठमाण्डौं । एएफसी यू २० एसिया कप छनोटमा नेपालले चाइनिज ताइपेईलाई ३ १ गोलले पराजित गरेको छ। घरेलु टोली विरूद्ध नेपालको जितमा समिर तामाङले ह्याट्रिक गरे। उनले ३२, ३४ र ८४ मिनेटमा गोल गर्दै ह्याट्रिक गर्न सफल भएका हुन्। यसअघि उनले अघिल्लो खेलमा कम्बोडियाविरूद्ध पनि गोल गरेका थिए। सो खेलमा नेपाल ४ १ गोलले पराजित भएको थियो। समिरले यससँगै प्रतियोगितामा चार गोल गरिसकेका छन्।

पहिलो खेलमा कम्बोडियासँग पराजित भएपनि आज घरेलु टोललाई पराजित गर्दा नेपालको चार अंक भएको छ। अब नेपालले तेस्रो खेलमा बुधबार उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा शुक्रबार नेपालले बहराईनसँग प्रतिस्पर्धा गर्नेछ। समूहको विजेता यू २० एसिया कपमा पुग्नेछ। उपविजेताको पनि एसिया कप पुग्ने सम्भावना हुनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *