दुई स्कुटर ठोक्किंदा १ जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका २ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनाको मृतयु भएको छ । लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र ०२ ०३६ प ७४४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएका थिए ।

बुधबार राति दुर्घटना हुँदा बा प्र ०२ ०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका ५ घर भएका २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *