बग्यो कटेरो ।

के गर्छ दैवले
थाहै हुुदैन
यो हाम्रो मनमा
आहै हुदैन ।१

भरीलो हँसिलो
यो मन रुवाउंछ
छैन केही आहारा
आँसु खुवाउँछ।२

दैव नै सर्वस्व
दैव इमानी
हरपल खुसिमा
दैव बेइमानि ।।३

सुखमा रमाउने
दैवकै खेल हो
दुखमा समाउने
दैवकै झेल हो ।४

कसरी पुर्याउँछौ
दृष्टि संशार
कसैले नदेख्ने
रुप अपार।५

पहरा छहरा
आँखा नानिमा
बिगार्यौ कसरी
लग्यौ पानिमा । ६

सुखमा दैव छौ
दुख दिने जालि
हैदैनौ देख्दैनौ
हिड्छौ हामफालि ।७

न्यायमा घाम प्यारो
स्वच्छ मुहार
कसैलाइ टेर्दैनौ
गर्छौं गुहार ।८

बिगार्छौ सपार्छौ
हेर्छौ बिचारमा
रुने हास्ने खेल
तिम्रै आधारमा ।९

भुकम्प कहिले
कहिले प्रलय
देख्दैनौं रुप
हुन्छौ बिलय ।१०

सकिन्न तिम्रो
वर्णन गर्न
भन्दैनौ तिमिले
अब पर्छ मर्न ।११

थाहै नदिई
छिन्नभिन्न पार्छौ
कसरी कहिले
मनुलाई मार्छौ ।१२

दुखि जनको
बग्यो कटेरो
दैव तिमिलाई
छैन अफ्ठेरो ।१३

दुनियाँ दुखमा
छैन सहारा
मान्दैनौ अफ्ठेरो
फोर्न पहरा ।१४

सुनसान रात
भन्दैनौ दिन
हाम्रा ति खुसि
लान्छौ नि किन ।१५

तिमि चतुरो
दिन हैन रात
गर्न दिदैनौ
मनको त्यो बात ।१६

पोखेर पानी
खालिछ घैला
मनुजमा पार्छौ
खैला र वैला ।।१७

कहिले जमिन
चिरा बनाई
सुन्दैनौ चिच्याठ
दुखिको भनाई ।१८

धैर्य गरेर
बस अब दैव
नसोच अन्य
भन कठैब ।१९

जे जस्तो गर्छौ
दैब सामना
अब घात नगर
हाम्रो भावना ।२०

पुण्य र कर्म
हाम्रा चाहना
मोक्ष पाउँ प्रभु
यहि कामना ।२१

हाल अष्टेलिया
याडिलेट ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *