दशैंमा टाटा मोटर्सका ७५१ गाडी डेलिभरी

काठमाडौं । टाटा मोटर्सले दशैंमा ७५१ गाडी डेलिभरी गरेको छ । कम्पनीका अनुसार पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आइस गाडी गरी ७ सय ५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ । नाडा अटो शोमा ४७५ बुकिङ लिएर बिक्री सुरुवात गरेको टाटा पन्च ईभी यो दशैंमा ३७७ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । कम्पनीले सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको थियो । तर टाटा पन्च ईभीमा सोचेभन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले जानकारी दिए । सिजापतिको अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च ईभीले नेपालमा राम्रो बजार लिइरहेको छ । टाटाको पन्च ईभीको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो ईभी बजेट सेग्मेन्टको सर्वाधिक बिक्री भएको मोडल हो ।

यो दशैंमा पनि टियागो ईभीको १५६ युनिट डेलिभरी भएको छ । विशेषगरी महिला र पहिलो गाडी लिन खोज्ने ग्राहकको पहिलो रोजाइमा परेको टियागो ईभी यो दशैंमा उत्साहजनक रूपमा डेलिभरी भएको कम्पनीको भनाइ छ । साथै टाटाको टिगोर ईभी १० युनिट र आइस गाडी ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । यो दशैंमा एक्प्रेस–टीको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टी १५६ डेलिभरी भए सँगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कार डेलिभरि गरेको छ । यसको साथै दशैंको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सका लागि दशैंभरि सिप्रदीको फास्ट डीसी चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको व्यवस्था गरेको थियो । साथै टाटा मोटर्सले आफ्ना देशभरिका सर्भिस सेन्टरबाट आकस्मिक सेवा प्रदान गरेको थियो छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *