देउवा आरजु र गगनलाई लिएर बालुवाटरमा

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा परराष्ट्रमन्त्री आरजु राणा, महामन्त्री गगन थापालाई लिएर बालुवाटार गएका हुन् ।

स्रोतका अनुसार, बालुवाटार बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री ‌ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् । बैठकमा समसामयिक विषय र सरकारका कामकारबाहीबारे छलफल हुने भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *