कामना सेवा विकासका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । बैंकले असोज ३० गते सम्पन्न साधारण सभाबाट पारित लाभांश कात्तिक १ गतेबाट खातामा पठाउन सुरु गरेको थियो । बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ ।
यता, बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । बैंकको असोज ३० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।