सरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी फसाउने खेलमा लागेको प्रचण्डको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी फसाउने खेलमा लागेको टिप्पणी गरेका छन् ।

पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार आफ्नालाई बचाउने र प्रतिद्धन्द्धीलाई हान्ने खेलमा लागेको बताएका हुन् । उनले भने, ‘हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं ।

तर अहिलेको सरकार कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङ्गै देख्दा पनि बचाउनतिर लाग्यो । आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देखेपछि खोजीखोजी हान्नथालेको छ ।’ आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको उनको भनाई छ ।

प्रचण्डले सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको समेत आरोप लगाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *