वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्ड २४ सै घण्टा सुचारु

काठमाडौँ । वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्ड २४ सै घण्टा सुचारु गरिएको छ ।

सडक मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको वीपी राजमार्ग खुल्ला गरिएको हो । बुधवारदेखि राजमार्ग २४ सै घण्टा सुचारु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

असोज ३० देखि राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *