रास्वपाका कार्यकर्तामाथि अश्रुग्याँस प्रहार
काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि अश्रुग्याँस प्रहार गरेको छ ।
सहकारी ठगी आरोपमा पक्राउ परेका सभापति रवि लामिछानेलाई अदालतले थप ७ दिन म्याद थपेपछि कार्यकर्ताहरू थप आक्रोशित बनेका हुन् । म्याद थपको विरोधमा निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि अश्रुग्याँस प्रहार गरेको हो ।
प्रदर्शनमा सहभागी रास्वपा कार्यकर्ताहरूले भ्रष्ट सरकार होसियार, न्याय मार्न पाइँदैन, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाइरहेका छन् ।