आईसिसी विश्वकप लिग-२ अन्तगर्तको त्रिकोणात्मक सिरिज आजदेखि शुरु

काठमाडौँ । आईसिसी विश्वकप लिग-२ अन्तगर्तको त्रिकोणात्मक सिरिज आजदेखि शुरु हुदै छ ।

नेपालसहित अमेरिका र स्कटल्याण्ड सहभागी यस सिरिजको पहिलो खेल आज अमेरिका र स्कटल्याण्डबीच हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।

नेपालको खेल भने आइतबार राति अमेरिका हुने छ भने दोस्रो खेल स्कटल्याण्डसँग बिहीबार खेल्ने छ भने नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ फेरि स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ ।

तेस्रो पटक लिग-२ खेल्न लागेको नेपालको यस सिजनमा प्रदर्शन भने निकै कमजोर रहेको छ । लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म खेलेका ८ खेलमा केवल एक खेल मात्र जितेको छ भने ६ खेलमा पराजित भएको छ । नेपालले एक खेल अनिर्णित हुदा अंक बाँडेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *