मंगलबार नेप्से परिसूचक ४६ अंकले बढ्यो
काठमाडौँ । मंगलबार नेप्से परिसूचक ४६ अंकले बढेको छ । आज नेप्से ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा बन्द भएको छ ।
आज कुल ३१९ कम्पनीका एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुदा ६ अर्ब १२ करोड ८२ लाख बराबरको कारोबार भएको थियो । आज सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्सुरेन्स र कुठेली बुखारी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी समृद्धि फाइनान्सको २४ करोड ७१ लाख ५९ हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ४ लाख ३० हजार ८५७ कित्ता शेयर कारोबार भएको छ ।