‘पूर्णबहादुरको सारङ्गी’ ले ६ दिनमा कमायो ७ करोड बढि

काठमाडौँ । लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आक्रामक व्यवसाय गरिरहेको छ ।

फिल्मले रिलिजको ६ दिनमा ७ करोड बढी व्यवसाय गर्दै यसअघिका व्यवसायको रेकर्ड तोड्ने बाटोमा देखिएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको ५ दिने कमाइ भनेर सोमबारसम्मको व्यवसाय ४ करोड ८७ लाख ग्रस कमाइ भनेर सार्वजनिक गरेको थियो । फिल्मले मङ्गलवार मात्रै दुई करोड बढी व्यवसाय गरेको वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । फिल्मले आज बुधवार पनि २ करोड बढिको व्यवसाय गर्ने अनुमान ब्यांकटेस इन्टरटेनमेन्टले गरेको छ । सुरुमा थोरै शोबाट सुरु भएको फिल्मले अहिले अत्यधिक शो पाउँदा पनि दर्शक थेप्न सकेको छैन ।

विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्मको निर्देशक सरोज पौडेल हुन् । फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *