प्राइम बैंकको डीजीएममा खत्री

काठमाडौं । प्राइम कमर्सियल बैंकको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् । साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव भएका उनी यसअघि सिटिजन्स बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए ।

२ दशक सिटिजन्स बैंकमा काम गरेका खत्री एक महिनाअघि मात्रै बाहिरिएका थिए । कर्जा तथा मार्केटिङ क्षेत्रमा लामो अनुभव रहेका खत्रीले फाइनान्समा एमबीए गरेका छन् । खत्री मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षसमेत हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *