यू-१९ महिला विश्वकप छनौट- युएईले नेपाललाई दियो ८६ रनको लक्ष्य

काठमाडौँ । युएईले जारी यू-१९ महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

नेपालले शानदार बलिङ गर्दै युएईलाई ८३ रनमा रोकेको हो । टस जितेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउदै ८३ रन बनाएको हो । नेपालका लागि बलर क्रिश्मा गुरुङले ४ विकेट लिएकी थिइन् भने सिमाना केसी र रिया शर्माले २-२ विकेट लिएकी थिइन् ।

नेपालले युएईलाई १६.२ ओभरमा पराजित गरेमा विश्वकपमा छनौट हुने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *