सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लागिएको छ ।
बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान बिहिबार राति सकिएपछि लामिछानेलाई आज पोखरा लागिएको हो । बयानका क्रममा प्रहरीले लामिछानेलाई मंगलबार, बुधबार तथा बिहीबार गरि तीन दिनमा साढे २३ घण्टा बयान लिएको थियो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।