एनआईएमबीका ग्राहकलाई ‘स्काइवाक टावर’ मा विषेश छुट
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ मा विषेश छुट पाइने भएको छ । छुट उपलब्ध गराउने सम्बन्धी विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘वन्डर्स नेपाल प्रालि’ काठमाडौं बीच सम्झौता भएको छ । सम्झौता अनुसार एनआईएमबीका ग्राहकले ‘स्काइवाक टावर’ प्रवेश शुल्कमा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
एनआईएमबीका ग्राहकले १ जनादेखि ५ जनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र ५ जना भन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने छन् । छुट लिनका लागि एनआईएमबी डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।