दुर्गा प्रसाईं सामाजिक अराजकतावादी हुन् : बस्नेत

काठमाडौं । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेकपा (एमाले)का नेता महेश बस्नेतले दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब लगानी रहेको भ्रम फैलाएको बताएका छन् । बस्नेतले मंसिर ७ गतेको कार्यक्रमलाई प्रसाईंले भ्रम फैलाएर हिंसक बनाउन खोजेको बताए । दुर्गा प्रसाईंजी सामाजिक अराजकतावादी हुन् । पछिल्लो समयमा कम्बोडियामा प्रधानमन्त्रीको लगानी छ भनेर फेक डकुमेन्ट उनले प्रस्तुत गरे । प्रधानमन्त्रीले केपी शर्मा ओली नाम लेख्नुहुन्छ, त्यहाँ खड्गप्रसाद ओली लेखिएको छ । न त सिग्नेचर नै मिल्छ । सबै फेक डकुमेन्ट बनाएर प्रधानमन्त्री र एमालेको बदनाम गर्ने काम भएको छ । अर्को प्रसंगमा उनले पुराना दलहरू काम नलाग्ने भए भनेर आरोप लगाउँदै उदय भएका पपुलिस्ट शक्तिहरू अहिले काम नलाग्ने प्रमाणित भइसकेको बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि पपुलिस्ट हुन खोजेको टिप्पणी गरे । उनले घिसिङलाई राजनीतिक दल खोलेर आउन चुनौतीसमेत दिए । त्यस्तै, उनले सबै सहकारी ठगहरुलाई अनुसन्धानको दायरामा ल्याउन र संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । उहाले मेडिकल व्यसायी दुर्गा प्रसाईलाई अपराधिक ब्याकग्राउन्ड भएका अराजकतावादको संज्ञा दिनुभयो । उनले वर्तमान सरकारले मुलुकको विकास र समृद्धिका लागि काम गरिरहेको जिकिर गरे । मुलुकको समृद्धिका लागि सरकारले काम गरिरहेको र सकारात्मक संकेत देखिएको उनको दाबी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *