कोइकाको अनुदानमा कोरिया मैत्री नगरपालिका अस्पताल १५० शय्याको अस्पताल बन्ने
काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवनको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिलान्यास गरेका छन् । शिलान्यास समारोहमा कोरिया गणतन्त्रका राजदूत पार्क ताइयोङ, , कोइकाका देशीय निर्देशक कङ मुहन, मध्यपुर थिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र स्थानीय समुदायका नेताहरूलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो । १५० शैयाको नयाँ भवनमा न्युरो, स्त्री, प्रसूति, अर्थोपेडिक्सलगायतका विशेष सेवासहित ६ वटा अपरेशन थिएटर रहनेछन् । नयाँ भवनले अस्पतालको क्षमता विस्तारका साथै विशिष्ठ चिकित्सकीय सेवाका लागि थप ठाउँ प्रदान गर्नेछ । यस भवनले स्वास्थ्य पूर्वाधार सुधार गर्न र स्थानीय जनसंख्याको बढ्दो आवश्यकताहरू पूरा गर्नका साथै गुणस्तरीय र व्यापक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धताको प्रमाण हो । विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तयार रहेको यो अस्पताल यस क्षेत्रको चिकित्सा पूर्वाधार सुधारका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो । यसले मध्यपुर थिमि र वरपरका क्षेत्रको बढ्दो स्वास्थ्य सेवा आवश्यकतालाई सम्बोधन गर्दै आपतकालीन हेरचाह, मातृ तथा बाल स्वास्थ्य, बहिरंग सेवा र विशेष्ठ उपचारलगायतका अत्यावश्यक सेवाहरू प्रदान गर्दै एक व्यापक स्वास्थ्य सेवा सुविधाको रूपमा काम गर्नेछ ।
समारोहमा उपप्रधानमन्त्री सिंहले सार्वजनिक स्वास्थ्य सेवाको अभिवृद्धि, सबै नागरिकको स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न र स्वास्थ्य सेवाको असमानतालाई सम्बोधन गर्न सरकारको प्रतिबद्धतामा जोड दिए । कार्यक्रममा नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क, ताइयोङले दिगो स्वास्थ्य सेवाको विकासमा अन्तर्राष्ट्रिय साझेदारीको महत्त्वलाई प्रकाश पारेका थिए । कोइकाका कन्ट्री डाइरेक्टर मुहन् कङले नेपालमा स्वास्थ्य सेवाको पूर्वाधार सुदृढ गर्न कोइकाबाट जारी सहयोगका बारेमा बोल्दै नेपाल कोरिया फ्रेन्डसिप नगरपालिका अस्पतालको विस्तार र गुणस्तरीय चिकित्सा सेवामा पहुँच सुधार गर्न यसको भूमिका प्रति खुसी व्यक्त गरे । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नयाँ भवनले मध्यपुर थिमि र बाहिरका बासिन्दाको स्वास्थ्य सेवा र स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने बताउँदै समुदाय केन्द्रित विकासको महत्त्वमा जोड दिए ।