मेडिकल व्यवसायी प्रसाईँलाई वीर अस्पताल फर्काइयो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ ।

साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो । प्रसाईं पक्राउ गरे पछि उनका छोरा नीराजन प्रसाईंले गत मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।

निवेदनमा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए । सो निवेदनका आधारमा उनलाइ सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *