प्रसाईँलाई थुनामुक्त गर्न आदेशको माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ । साइवर अपराधको कसुरमा प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश माग गर्दै दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबार खारेज गरेको हो । साइवर अपराधको कसुरमा थुनामा रहेका प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्न नमिल्ने भन्दै सर्वोच्चले रिट खारेज गरिदिएको हो ।
‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको र अफवाह फैलाएको आरोपमा उनलाई मंसिर ४ गते केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।