कमाऊँ र दल एव नेतालाई पनि बुझाउँ मन्त्र, खै कहाँ छ जनतन्त्र ?
राज्यको तल्लो वर्गसम्म पुगेर सामान्य तथा निम्न वर्गको सहित जनताको हित गर्ने लोकतन्त्र चाहिन्छ यस्तो लोकतन्त्रलाई ‘प्रो पुवर डेमोक्रेसी’ भनेर एक दशक अघि एक वुद्धिजिविले ‘द राइजिङ्ग नेपाल’मा लेख्नु भएको लेख पढेको सम्झना छ (तर नाम सम्झना नभएकाले सायद प्रा.पृथ्वीराज लिगल हुनुहुन्थयो की भन्ने अनुमान गरेको छु ।
अहिले आएर जनतान्त्रिक भनेर संवैधानिक तथा अन्य निर्णयबाट व्यवस्था गरेका राज्यको कुनै पनि अङ्ग जनतान्त्रिक नरहेको बहस शुरु भएको छ(मलाई प्रजातन्त्र एवं लोकतन्त्र भन्दा जनतन्त्र शब्द नै मनपर्छ,तर नेपालमा वामपन्थीहरुले तथा भारतमा भाजपाका दस्तावेज तथा नेताहरुले यो शव्दको प्रयोग गर्छन भनेर चाहिँ हैन बरु जनतासँग नजिक भएको जस्तो लागेर यो शव्द मनपरेकोले शुक्रराज राज शास्त्रीले प्रयोग गरेको जय नेपाल शब्दलाई काँग्रेसी भनेर नेपाली वामहरुले कित्ताकाट गरे जस्तै गरी मलाई कित्ताकाट नगरिदिनु हुन समेत अनुरोध गर्दछु) । हरेक संसदबादी जनतान्त्रिक राजनीतिक दलहरु अव जनतान्त्रिक छैनन्,यस्ता राजनीतिक दलहरु भित्र जसरी हुन्छ ‘ प्रकृतिको श्रोत दोहन गरेर होस वा धम्कयाएर होस वा जे जसरी होस कमाऊ र दल एवं नेताहरुलाई पनि बुझाउ’ संस्कारको विकाश भएको छ भन्ने गुनासो जनताले गरेपनि दलभित्रै बहश शुरु र लोकतन्त्रको आवरण ओढेर । आफु सामान्य किशानको छोरा हूँ तर गिरिजाप्रसाद त सामन्तीको छोरा हुन भनेर कुनै बखत विराटनगरको शहीद मैदानको मञ्चबाट भन्नु हुने नेपाली काँग्रेसका वर्तमान सभापति तथा पूर्व प्रम शेरबहादुर देउवाले दलको कोषध्यक्षमा २५ अरव भन्दा बढी सम्पत्ति भएका व्यवसायी तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गर्नु भएपछि “धनीमानीले पार्टी कव्जा नगरुन भनेर उनीहरुसँग पनि लड्नुपर्छ भन्नु हुने जननायक वीपीको काँग्रेसमा धनीमानीलाई नै पार्टी बुझाउने प्रचलन शुरु भएर पैसा भए काँगे्सभित्र जहाँ पनि पुग्न सकिन्छ भन्ने संस्कृति र सिद्धान्तको विकास भएकाले अहिले वीपीको काँग्रेस नहुँदा अव सामान्य मानिसलाई पार्टीमा कठिन भएको छ”(पुरञ्जन आचार्य,नेपाली काँग्रेस नेता,मोरङ्ग) भनेर विश्लेषण गर्दै गर्दा धनीमानीले हैन बरु “आर्थिक पारदर्शिता,अनुशासन कायम गर्न सक्ने ,लामो अनुभव र सभापतिसँग विश्वासमा रहेर काम गर्न सक्नेलाई सभापतिले कोषाध्यक्ष बनाउनु भएको”( मीन विश्वकर्मा,पूर्व मन्त्री तथा नेका प्रचार विभाग प्रमुख) जस्ता विचारहरु उठेर काँग्रेस दलभित्रै वादविदाद शुरु भएको पाईन्छ (नयाँ पत्रिका,१० मङ्गसिर वि.सं.२०८१) । दमक झापामा क्रशर उधोगको जमिनको विवादलाई लिएर पूर्वका यमु निरौलाको हत्या भएको खवर पढेँ– धनुषाका पर्या शहीद दिपक महतोलाई नदी दोहनको विरोध गर्दा हत्या गरिएको सम्झना आयो अनि नयाँ पत्रिककामा प्रकाशित समाचार बारे एमालेबाट खण्डन आएको नआएको सम्बन्धमा खवर पढन पाइएन खण्डन भएको भए मलाई कमेण्टमा लिङ्क पाए मेरो अभिलेखमा संग्रह गर्ने थिएँ,वातावरणबारे चासो राखेर यसो वातावरणीय गन्थन समेत लेख्ने गरेकाले एमाले र माओबादीको सयुक्त सरकारका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नै नेपालको नम्बर १ राष्ट्रिय दैनिक भनेर पत्रिकाको बार्षिक कार्यक्रममा भन्नु भएकोले त्यही नयाँ पत्रिका समाचारको के हो ? कुरा –सही हो वा अफवाह हो ? पूर्वाग्रही हो वा हैन ? भन्ने सम्बन्धमा मैले पूर्वका नेताहरुसँग बुझ्न खोजिरहको मा कतिले फोन नै नउठाउने र कतिले कुरा सुनेर जवाफ नै नदिने गरेका छन् । जे होस समाचार सामाजिक सञ्जालमा पछि साझा गर्ने छु ।
त्यसपछि आउने कुरा समेत लेखमा राख्ने छु । विश्वसनीयताको सार्थकता नहुँदा लेखमा राख्न पाएको छुईन र अव लौन मलाई जानकारी पठाईदिनु हुन सादर अनुरोध गर्दछु । प्रदेशमा भागवण्डा मिलाउन मन्त्रालय फुटाइयो,खरवौँ सहकारी अपचलन,दमक भ्यूटावर–धरहरा–अन्तराष्ट्रिय सम्मेलन केन्द्रदेखि गोदावरी सभाहलसम्म निजीक्षेत्रलाई भन्ने खवर पढ्दा औ प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व.वीपी कोईरालाले पार्टीलाई धनीमानीले कब्जा नगरुन भनेर चिन्ता गर्नु भएको कुरा तथा उहाँले थोत्रो विलिस जीपले गुजारा गर्दै जमिन जङ्गल राष्ट्रियकरण गर्नु भएको र मनमोहनको सामाजिक न्याय उन्मुख शासन समेत सम्झदा मन भाउन्न भयो,“शोले भडक रहे हैँ जमीरे–हयात मेँ,किसकी रङ्गोँ का खून है जो खौलता नहीँ ?”(नरेश कुमार शाद,भारत) । हुन त देश नै अव स्वदेशी डीप स्टेटले चलाउन थालेको वेला र देशको सार्वभौमिता नै ७ टुक्रामा फुटाइएको वेला मलाई मन पर्ने राम्रै लागेको मान्छे मा.प्रदेश मुख्य मन्त्रीज्यू बहादुर लामाले निर्देशन पालना गर्नु बाहेक के गर्न सक्नु हुन्थ्यो र ? मा.अर्थमन्त्रीज्यू विष्णु पौडेलले पनि ठेल्दै तान्दै अर्थतन्त्रमा केही सुधार भएको सङ्केत दिनु भएको छ । मा.सङ्घीय स्वास्थय मन्त्रीज्यू प्रदीप पौडेलकोचाहिँ राम्रै काम भै रहेको खवर पनि पढ्न पाएँ अहिलेसम्म कतै गुनासो आएको थाहा छैन,तर कोरोना–डेङ्गु पिडित नभएपनि पीडितहरुको सेवागर्ने सिलसिलामा निजामति तथा सरकारी अस्पतालमा जाँदा भोगेको अनुभवले गर्दा उहाँ मन्त्री सहित अरु मन्त्री नेतालाई काम लाग्ने गन्थन कोरेर राखेको ३ महिना भएछ, बजारमा सामानको भाऊ जस्तै गरी नेपाली टङ्कण शुल्क पनि महङ्गो भएछ–टाइप गराउन सकिएन,गन्थन कोर्दापनि सत्यसँग घनिष्टता हुँदो रहेछ । प्रकाशलाई सहन नसक्नेहरु अन्धकारमा रहेका हुन्छन,अरुको टाउको काटेर आफु अग्लो हुन खोज्ने नेताहरु यदी नेपालमा रहेछन भने उनीहरु खुराफाति हुन–खुराफात तिक्ष्ण हुन्छ–जुन अवशरवादी पनि हुन्छ–राष्ट्रघाती पनि हुन्छ । जनताको नजरमा स्वर्गका पात्र अर्थात इश्वरको रुप हुन सक्ने क्षमता भएका नेपाली नेताहरुले क्षतिपूर्ति गर्न नसक्नेगरी धेरै कुरा गुमाएका जस्तो महसुश हुन थालेको छ मलाई । अव जसरी हुन्छ ‘कमाऊ र दल एवं नेताहरुलाई पनि बुझाउ’ जस्ता नराम्रा तथा घीनलाग्दा बानी व्यवहारहरु सिकेर जसरी हुन्छ धनी हुने संस्कारको विकाश गरेका हाम्रा नेताहरुको न त सिद्धान्त,सदाचार,देशभक्ति,न महङ्गा वस्त्रले चिटिक्क हुँदै जनताको सामु पर्दा खुम्चिएको निधारमा नै तेजिलोपन र आकर्षक भेटिन्छ । हुन त उनीहरु आफुलाई सर्वोच्च ठानेर जनताको माझमा अझै तेजिलो र आकर्षक छु भन्ने भ्रममा छन् । बरु म बुढेशकाल लागेर लौरो टेक्ने अवस्था नाजिक पुग्न लागेपनि मलाई अझै बुढो हुन मन नलागेको स्पष्ट पार्दै १८ घण्टा काम गर्न सक्छु,“दुखलाई ऊर्जामा बदल्न अब मैले जानी सकेको छु”(पाब्लो नेरुदा) भनेर मैले जागीर खोजेको थुप्रै अवधी व्यतित भएपनि अझै जागीर कै खोजिमा नै छु,देश तथा जनताको सृवामा केही गर्न पो सकिन्छ भनेर” (जगदीशराज बराल । सामाजिक सञ्जालको भित्त्ताबाट । वि.सं.२०८१ मङ्गसिर ७ गते) ।
उपरोक्त विचार सामाजिक सञ्जालको भित्तामा राखेपछि शुभचिन्तकज्यूहरुबाट देहायका विचारपरक टिप्पणीहरु गरिएका र टिप्पणीमा प्रत्युत्तर पनि मैले गरेको थिएँ–(क)“अभिव्यक्ति मार्मिक छ तर ७ प्रदेश लाई देश को ७ टुक्रा भन्नु उपयुक्त लागेन । सोच विकेन्द्रीकरण तर शासन केन्द्रीकृत । विभेद यथावत राख्ने यस भित्र लुकेको राजनीति– मनोनयन, आफन्त वा नाता कृपा ले निमत्याएको विकृति को करण आज देखिए को ठगी र भ्रष्टाचार को कारण प्रतिबद्ध नेता आएन र नेतृत्वले सत्ता न छाड्ने सोच ले समस्या देखिए को जस्तो लाग्छ”( श्री हेमन्त झा,नेपाल सरकारका रा.प.प्रथम श्रेणी इन्जीनियर–सुई–आयोजना प्रमुख,सप्तरी) । (क१)हेमन्त झाज्यूको विचार अति सार्थक छ–जसको छेउसम्म पनि पुग्न सक्ने म सँग क्षमता छैन,उहाँको विचारको कदर गर्दछु । तर,हामीले एक अर्काको कुरा बुझेका छौ की जस्तो लागेको छ । यस सामाजिक सञ्जालमा मैले यो गन्थन साझा गर्दा मलाई यी सत्यसँग नजिक पुराएकाले यसो गन्थन गरेको मात्र हूँ(क)अन्तरिम जलश्रोत मन्त्रीले आफ् र आफुसँग आएका सेनाहरुको खानपीनको लागि कर्मचारीले खसि काटदा अन्तरिम मन्त्रीज्यू महेन्द्र नारायण निधिले यशरी खर्च किन गरेको भनेर मार झपार्नु भएको अनि अर्का मन्त्रीज्यू महेश्वर सिंहले पञ्चायतलाई दोष दिन प्रजातन्त्र आउने भयो भनेर रातारात प्रजातन्त्रबादी भएर सामग्री अपचलन गर्ने कर्मचारीहरु कारबाहीको भागी हुनेछन् भनेर अनुगमनको तय गर्नु भएपनि अचानक सेलाउनु पर्ने अवस्था आयो–भयो । म आफुलाई तराइबासि ( नेपाली भाषी) ठान्दछु । ९ बर्ष अघि राजविराजमा जाँदा र त्यसपछि महोतरी जाँदा त्यहाँका तराईवासी(स्थानीय बासी) हरुबाट जुन गुनासाहरु मलाई सुनाउन् हुँदा म भावुक भएको थिए । अर्थात जुन कुरा लागु गर्न हामीलाई उचालिन्छ त्यो कुरा लागुगर्न उचाल्नेहरु नै उचालेको विषयप्रति पूर्ण छैनन् । हामी परिवर्तनमा उत्ताउलो भएर चमत्कारी आशाको पछि लागेका हुन्छौँ,हाम्रो भूराजनीतिक अवस्थाले राष्ट्रिय एकताको जर्गेना गर्न बेग्लै मोडलको अपेक्षा गरेको छ की भन्ने कुरामा सोच्न थालेको छु । (ख) भारतमा धारा ३७० हटाउँदा सर्वोच्च अदालतले देश र जनताको हितमा निर्णय गर्न संविधानले राष्ट्रपतिलाई प्रदेश खारेज वा गाभ्न वा पुनसंरचनामा हस्तक्षेप गर्न सक्ने अधिकार छ भन्ने नजीर स्थापित भएको भन्ने बहश नै चलेको थियो । जुन बहश ‘द कन्भरसेशन’मा ‘उदार लोकतन्त्रले सबैलाई आफ्नो विचारको अधिकार दिन्छ । तर,यसले महत्वपूर्ण मुद्दामा विचारपूर्वक निर्णय गर्न आवश्यक छ भन्ने पनि जनाउँछ’ (डोमिनिक ओ सुलिभान,२०२४,द कन्र्भसेसनबाट) भनेर आफ्ना बौद्धिक विचार लेख्नु अघि नै भारतमा कार्यान्वयनमा आई नै सकेको थियो(जगदीशराज बरालको हेमन्त झाको टिप्पणीमा विचार) ।
(ख)“नीजिकरण र क्रसर उद्योगको कुरा छोडौँ । आउने निर्वाचनमा मेरो पार्टी भनेर गर्वले भन्न नपाइने भो–! एकदुई जना प्रदिप पौडेल जस्ता असल नेतृत्वका धनी मात्र पार्टीमा रहने भए”(श्री पुण्य बराल,साहित्य लेखक,उप प्रध्यापक–कन्काई क्याम्पस,झापा) । (ग)“तपाईँसङ्ग सानो अवधी मात्र काम गर्ने जुन मौका पाए त्यस बखत तपाईँको काम प्रतिको निष्ठा,इमान्दारिता,सहयोगी भावना र अरुलाई समेत प्रोत्साहित हुने गरि अशल काम गर्ने जुन हौसला प्रदान गर्नु हुन्थ्यो त्यो निकै सराहनीय देख्दा म निकै प्रभावित भै मेरो लागी सदा स्मरणीय र श्रद्धा योग्य छ,शब्द चयन र प्रस्तुति निकै रोचक र पढिरहु जस्तो लाग्छ ,निकै चाखलाग्दो छ ”(श्री दिलीप शाह,नेपाल सरकार पूर्व रा.प. द्वितीय श्रेणी उपसचिव सिचाईँ इन्जीनीयर–डिभिजन प्रमुख,सप्तरी) । (घ)“बिचार घत लाग्यो”(श्री मदन दत्त,नेपाल सरकार पूर्व अधिकृत,जनकपुर ) । (ङ)“सरकार बिचौलिया र झोले जनताको रहेछ । तपाईँ हामी सर्व साधारण सबै नेपालीको सरकार होकी हैन खोजबिन गर्नु होला ? देशनै तस्कर र लागेका हुन्छौँ,हाम्रो भूराजनीतिक अवस्थाले राष्ट्रिय एकताको जर्गेना गर्न बेग्लै मोडलको अपेक्षा गरेको छ की भन्ने कुरामा सोच्न थालेको छु । (ख) भारतमा धारा ३७० हटाउँदा सर्वोच्च अदालतले देश र जनताको हितमा निर्णय गर्न संविधानले राष्ट्रपतिलाई प्रदेश खारेज वा गाभ्न वा पुनसंरचनामा हस्तक्षेप गर्न सक्ने अधिकार छ भन्ने नजीर स्थापित भएको भन्ने बहश नै चलेको थियो । जुन बहश ‘द कन्भरसेशन’मा ‘उदार लोकतन्त्रले सबैलाई आफ्नो विचारको अधिकार दिन्छ । तर,यसले महत्वपूर्ण मुद्दामा विचारपूर्वक निर्णय गर्न आवश्यक छ भन्ने पनि जनाउँछ’ (डोमिनिक ओ सुलिभान,२०२४,द कन्र्भसेसनबाट) भनेर आफ्ना बौद्धिक विचार लेख्नु अघि नै भारतमा कार्यान्वयनमा आई नै सकेको थियो(जगदीशराज बरालको हेमन्त झाको टिप्पणीमा विचार) । (ख)“नीजिकरण र क्रसर उद्योगको कुरा छोडौँ । आउने निर्वाचनमा मेरो पार्टी भनेर गर्वले भन्न नपाइने भो–! एकदुई जना प्रदिप पौडेल जस्ता असल नेतृत्वका धनी मात्र पार्टीमा रहने भए”(श्री पुण्य बराल,साहित्य लेखक,उप प्रध्यापक–कन्काई क्याम्पस,झापा) । (ग)“तपाईँसङ्ग सानो अवधी मात्र काम गर्ने जुन मौका पाए त्यस बखत तपाईँको काम प्रतिको निष्ठा,इमान्दारिता,सहयोगी भावना र अरुलाई समेत प्रोत्साहित हुने गरि अशल काम गर्ने जुन हौसला प्रदान गर्नु हुन्थ्यो त्यो निकै सराहनीय देख्दा म निकै प्रभावित भै मेरो लागी सदा स्मरणीय र श्रद्धा योग्य छ,शब्द चयन र प्रस्तुति निकै रोचक र पढिरहु जस्तो लाग्छ ,निकै चाखलाग्दो छ ”(श्री दिलीप शाह,नेपाल सरकार पूर्व रा.प. द्वितीय श्रेणी उपसचिव सिचाईँ इन्जीनीयर–डिभिजन प्रमुख,सप्तरी) । (घ)“बिचार घत लाग्यो”(श्री मदन दत्त,नेपाल सरकार पूर्व अधिकृत,जनकपुर ) ।
(ङ)“सरकार बिचौलिया र झोले जनताको रहेछ । तपाईँ हामी सर्व साधारण सबै नेपालीको सरकार होकी हैन खोजबिन गर्नु होला ? देशनै तस्कर र बिचौलियाले चलाएको अवस्था छ । अनि बिचौलियाको हातमा संस्था चलाउने जिम्मा जानु कुन ठूलो कुरा हो । यहाँ विदेशी र दलालको डिप स्टेटमा सरकार चलेको देखिन्छ । देश सक्ने भए ।धरहरा काठमाण्डौ काठमाडौँ मनपाले चलाउँछु भन्दै थियो ? किन दिन्थे ? न्यूरोडको पार्किङ्ग हटाएको घाटा दलाल,बिचौलियाको नोक्सान पूर्ताल गर्न निजी संस्थालाई ठेक्का दिनु परेन र ?”( एकनाथ आचार्य,नेपाल सरकार पूर्व अधिकृत,बिराटनगर) । (च)“समय सान्दर्भिक !”(लोकेन्द्र आचार्य, पूर्व प्रा.पूर्वाञ्चल इन्जिनियरिङ्ग कलेज, धरान–सुनसरी) । (छ) “बिचार सोचनीय छ”(श्याम किशोर सिंह,नेपाल सरकारका पूर्व उपमहानिर्देशक–सुई–रा.प.प्रथम श्रेणी इन्जीनियर,महोत्तरी) ।
(ज)“अति सुन्दर भाव सहित मननीय”(चन्द्रमणि पौडेल निराशी,नेपाल सरकारका कर्मचारी तथा साहित्य लेखक,सप्तरी) । (झ)“राम्रो लाग्यो”(सबिता बराल,साहित्य लेखिका,पूर्व उपप्राध्यापक,पाटन बहुमुखी क्याम्पस–ललितपुर–त्रिविवि मूलपानी–काठमाडौं) । (ञ) “प्रथमतः नरेश कुमारको पहिलो हरफ नै काफी छ,देश सात खण्डमा बाडेर सत्ताको स्वाद चाख्ने बानी सबै नेताहरूमा पारिएको छ,ठुलो पार्टी ठुलो नेताहरूको चाकडी गर्न सके स्थानीय नेताहरू पनि मन्त्री, मुख्य मन्त्री,राज्य मन्त्री हुने चान्स पाउछन् भ्रष्टाचारको जालो बुन्ने काम गर्छन् नत्र चुनावी खर्च उठाउनु कसरी ? हामी काम गरेर खानेले देशको माया गरेर के अर्को तर्फका घुमाउरो पारामा फसाउने खेल भएको छ, जे होस् सतर्क भएर काम गर्नुपर्ने छ, सत्ताका कुरा नेताका कुरा नगरेको राम्रो”(सुबेदी श्रीकृष्ण,सचेत नेपाली नागरिक,बुद्धिजीवी,
समाजसेवी,दिक्तेल–खोटाङ्ग ) ।
प्रकृतिको सिर्जना गर्न पानी दिने सप्तकोशी नदीको नामबाट प्रदेश नं.१ लाई नामाकरण गरिएको कोशी प्रदेशको झापा जिल्लाबाट समाचार प्रतिवेदक चिरञ्जीबी घिमिरेको ‘एमाले केन्द्रीय सदस्य थापाले दबाब दिएको परिवारको आरोप’ शीर्षकको नयाँ पत्रिका दैनिकको मिति ११ कार्तिक वि.सं. २०८१ को समाचार प्रतिवेदनमा क्रशर राख्ने जग्गाको बिषयलाई लिएर भएको कुटपिट सहितको विवादमा दमक–९ सफ ३७ वर्षीय यमु निरौलाको दमक–३ स्थित मावा खोला नजिक हत्या भएको सम्बन्धमा निजका परिवारजनले एमाले झापाका प्रदेश सभा सदस्य होमबहादुर थापाका भाई एमाले कार्यकर्ता बुद्धि थापा र एमालेको युवासङ्घका पूर्व केस तथा केपी ओली निकट नम चेमजोङ्ग सहित ७ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएको तर राजनीतिक संरक्षण भएको कारण प्रहरीले पक्राउ गर्न नसकेको समाचार प्रकाशित भएको थियो । यश बारे सम्बन्धित निकायहरुबाट अनुसन्धान भै रहेको थियो । त्यसैगरी निज चिरञ्जीबी घिमिरेको ‘ यामु निरौला हत्या प्रकरण ः एमाले सांसदका भाइसहित ६ जनाविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय’ शीर्षकको सोही पत्रिकाको मिति १ मङ्गसिर वि.सं.०८१ को समाचार प्रतिवेदनमा–“जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका नौजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, जिल्ला सरकारी वकिलको कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता तेजबहादुर सिँजाली मगरले शेरबहादुर नेम्वाङ, गणेश दर्जी र गोपाल भनिने खेमराज भण्डारीको नाममा मात्रै शुक्रबार जिल्ला अदालत झापामा अभियोजन दर्ता गर्ने निर्णय गरेका हुन् । निमित्त जिल्ला न्यायाधिवक्ता मगरले थापासहित नमकुमार चेम्जोङ,भीमराज चम्लागाईं,प्रकाश कार्की, ध्रुव गौतम र डेबिड घलेलाई उन्मुक्ति दिएका छन् । मुद्दा नचल्ने निर्णय भएकामध्ये थापा प्रदेश सभा सदस्य होमबहादुर थापाका भाइ, एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाजु तथा एमाले केन्द्रीय सदस्य एवं झापा इन्चार्ज रोमनाथ ओलीका सालो हुन् । यस्तै,चम्लागाईं एमालेका स्थानीय नेता, दमक–८ का पूर्ववडासदस्य र दमक नगर खेलकुद विकास समिति अध्यक्ष हुन् । चेम्जोङ युवा सङ्घका पूर्वकेन्द्रीय सदस्य हुन् । उनी एमाले अध्यक्ष ओलीनिकट मानिन्छन् । निमित्त जिल्ला न्यायाधिवक्ता मगरले भने तीनजना मात्र कुटपिटमा संलग्न देखिएकाले बाँकी ६ जनाविरुद्ध मुद्दा नचलाइएको बताउनु भयो । ‘कुनै प्रतिवादीले मान्छे मार्ने गरी पूर्वयोजना पनि बनाएको देखिँदैन । धेरैजनाले प्रहार गरेको चोटपटक पनि नदेखिँदाचाहिँ ६ जनाविरुद्ध मुद्दा नचल्ने निर्णय गरेका हौँ,’ उनले भने । उन्मुक्ति पाउनेमध्ये नमकुमार चेम्जोङ, भीमराज चम्लागाईं, प्रकाश कार्की, ध्रुव गौतम र डेबिड घले भने हत्या भएकै ठाउँमा रहेका सिसिटिभी फुटेजमा देखिन्छ । निमित्त जिल्ला न्यायाधिवक्ता तेजबहादुर सिँजाली मगर पनि घटनास्थलमा बुद्धिमानबाहेक आठजना नै रहेको स्वीकार गर्छन् । प्रहरी स्रोतका अनुसार अनुसन्धानको क्रममा घटनास्थलमा रहेका नमबहादुर चेम्जोङसँग बुद्धिको बारम्बार फोन सम्पर्क भएको देखिन्छ । ‘बुद्धिमान थापाविरुद्ध पनि जाहेरी थियो । प्रतिवादीहरूको बयान, घटनास्थलको सिसिटिभीको सनाखत र स्वयं बुद्धिमान थापाको बयानले वारदातस्थलमा उनको उपस्थिति देखिँदैन,’ मगरले भने, ‘नमकुमार चेम्जोङसँग फोन सम्पर्क भएको देखिन्छ । तर, नमले फोनमा बुद्धिमानको बुबाको स्वास्थ्य अवस्था बुझेको बयान दिएका छन् । शेरबहादुरले नमलाई सम्पर्क गरेको देखिन्छ । उनीहरू सँगै बस्ने–खाने साथी भएकाले भेट्नलाई सम्पर्क भएको देखिन्छ ।’ पीडित परिवारका सदस्य भन्छन्–अब त न्यायको आशा नै म¥यो । सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि शुक्रबार मृतक निरौलाका परिवारका सदस्य जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए । उनीहरूको आफ्नो परिवारले न्याय पाउनेमा शंका उब्जिएको भन्दै सहायक जिल्ला न्यायाधिवक्ता मगरलाई दुखेसो पेखे । तर, मगरले अब आफूले केही गर्न नसक्ने बताए । उनले माथिल्लो निकायमा जान सुझाए । जिल्ला सरकारी वकिलको निर्णयले परिवारलाई विक्षिप्त बनाएको मृतक यामुका दाजु नवराजले बताए । ‘जब गोविन्द थापाले प्रलोभन देखाउँदा नमानेपछि धम्की दिए र प्रहरीले जाहेरी लिन पनि मानेन,त्यही वेला न्याय पाइन्छ भन्ने लागेको थिएन । अब त न्यायको आशा नै म¥यो,’ नवराज भन्छन्, ‘उनीहरू सबै नेता हुन् । उनीहरूलाई राजनीतिक संरक्षण भयो । न्याय खोज्न अब हामी कहाँ जाने ?’ घटना घटाउन निर्देशन दिनेलाई नै जिल्ला सरकारी वकिलको कार्यालयले जोगाउने निर्णय गरेको नवराजले बताए । ‘त्यो विवादित जग्गा मुद्दा चलेका तीनजनाको होइन । उनीहरू त यसअघि पनि मुद्दा परेका मान्छे हुन् । त्यो जग्गा जसको हो उनीहरूलाई उन्मुक्ति दिइयो । घटना घटाउन निर्देशन दिनेलाई संरक्षण गरेर सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको छ,’ उनले भने ” भन्ने व्यहोरा उल्लेख भएको थियो । हुन त आरोप लाउँदैमा दोषी नहुन सक्छन रीष इवीले वा अरुले उचालेको भरमा मोलमोलाई गर्न वा राजनीतिक प्रतिशोधको लागि पनि खेलकुद लगायत अरु क्षेत्रमा समेत आरोप लाउने प्रचलन अचेल बढेको पाइन्छ । तर,किन यस्ता समाचार प्रकाशित हुन्छन् भन्ने दिन अघि विहानको डुलाईमा एक जना अपरिचित तर कहिले काहिँ आक्कल झुक्कल देखेको मानवले मलाई सोध्नु हुँदा–“सडकमा फोहर
जथाभावि पार्नु हुन्न,पारेमा आफैँले सफा गर्ने अन्यथ जरिवाना तिर्ने भन्ने व्यवस्थाको स्पष्ट कार्यान्वयन भएको देशलाई कानूनी राज्य भन्नु है अनि मलाई जरिवाना गरेर मेरो अपहेलना गरेकोले अव मुद्धा हाल्छु,वकिललाई सेटिङ्ग–भेटिङ्ग–डेटिङ्ग मिलाउनु भन्छु,हाम्रो कुरा नसुने वा हाम्रा वकिलले भनेको नमाने निकायबाट नै अन्त्यै लगिदिन्छु भनेर कानूनमा अलमल्याउन खोजे हाम्रो देशको जस्तो संविधानमा मात्र उल्लेख कानूनको साशन भनेर बुझ्नु पर्छ है,यही हो मैले बुझेको ”मात्र के भनेको थिएँ ती प्रश्नकर्ता त म सँग बोल्नै पो छोडे,सायद टोले नेता वा झोले कार्यकर्ता कुनै हुनुपर्छ ।