लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६९ रन जोड्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन जोडे । उनी ५९ बलमा ९५ रनमा आउट भए । उनले चौथो विकेटका लागि टम मुर्ससँग साझेदारी गरेका थिए । मुर्स ४५ रनमा आउट भए । लुम्बिनीका दुई ओपनर शून्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए । विवेक २ रनमा अविजित रहे ।
पोखराका बलिङमा विपीन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिए ।