दक्षिण बाराही महिला साकोसको २६ औं साधारण सभा सम्पन्न

भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको अध्यक्षता तथा बागमती प्रोस्कूनका सञ्चालक एवं भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष अध्यक्ष कृष्णगोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै लाखाजुले सहकारीका शेयर सदस्यहरुको सभालाई साधारण सभा भनेर ऐनमा लेखिएपनि यो साधारण सभा नभई भएको बताए । उनले दक्षिण बाराही महिला साकोसले गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै श्रीलंकाको श्रमिक सहकारीको उदाहरण प्रस्तुती सहित सहकारीको आवश्यकता र महत्व बारेमा प्रकाश पारेका थिए । साधारण सभाको अध्यक्षता गर्दै सो संस्थाकी अध्यक्ष ढुंगेलले समुदायमा बसोबास गरेका महिला दिदीबहिनीहरुकोलागि‘ महिलाहरुको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको लागि दक्षिण बाराही’ भन्ने मूल नारा लिई २०५५ चैत्र १ गते तत्कालिन डिभिजन सहकारी कार्यालय,भक्तपुरमा रुपमा दर्ता भएको बताइन् । २५ जना शेयर सदस्यको २ हजार ५ सय शेयर पूँजीबाट शुरु भएको यो संस्थाले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको जनाइन् । झोलाबाट शुरु भएको संस्थाले शेयर सदस्यहरुको साथ र सहयोगको फलस्वरुप सूर्यविनायक नगरपालिका ४, दधिकोटमा ३ आना १ पैसा जग्गा खरीद गर्न सफल भएको सभामा जानकारी दिइन् ।

साधारणसभामा त्यसै संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तारा खतिवडा सापकोटाले संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संय‍ोजक सृजना थापा खड्काले संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । शेयर सदस्यहरु बीच छलफल गरि साधारण सभाले संस्थामा १० प्रतिशत शेयर पूँजी बृद्धि गर्ने लगायतका निर्णय सहित प्रतिवेदनहरु पारित गरेको छ । आर्थिक वर्ष २०८०।०८१ मा शेयर सदस्य संख्या १ हजार २६९ , शेयर पूँजी १ करोड ५६ लाख , ऋण लगानी ११ करोड ६२ लाख ,ऋण असुली १० करोड ५५ लाख र बचत संकलन ७ करोड ८१ करोड सभामा जानकारी दिइयो । साधारण सभामा संस्थाका जेष्ठ शेयर सदस्य , एकल तथा स्वर‍ोजारगारमूलक कार्य गरिरहेका सदस्यहरु , एसईई उत्कृष्ट मा उत्कृष्ट जीपीए साथ उत्तीर्ण गरेका शेयर सदस्यहरुका छोराछोरीलाई सम्मान गरिएको थियो। त्यसै संस्थाकी उपाध्यक्ष शारदा थापाले स्वागत मन्तव्य र सचिव पार्वती घिमिरे भण्डारीले साधारण सभा सञ्चालन गरेकी थिइन् । गत वर्ष झै ॐ समाज डेण्टलका स्वास्थ्यकर्मीहरुको प्राविधिक सहयोगमा साधारण सभामा सम्पन्न दन्त शिविर गरिएकको ९० जनाको दात परीक्षण गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *